ताजा समाचार

ग्यास सिलिण्डर पड्किँदा चार जनाको मृत्यु

सिन्धुपाल्चोक ।

माथिल्लो चाकु जलविद्युत आयोजनामा हिजो ग्यास सिलिण्डर पड्किँदा चार जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

म‌ंगलबार विहान हराइरहेकाहरुको कपाल लगायत शवका केही अंगहरु फेला परेको प्रहरीले जनाएको छ । यसअघि सोमबार २ जनाको शवको केही भाग सोमबार नै फेला परेको थियो भने दुई जना हराइरहेका थिए ।

जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले मंगलबार दुई जनाको कपाललगायत शवका केही अंश फेला परेकाले चारै जनाको मृत्यु भएको पुष्टि भएको बताए ।

जलविद्युत आयोजनामा कार्यरत मजदुर हुम्ला घर भएका सन्डुप लामा र दोलखा घर भएका भाइकाजी शेर्पाको मृत्यु भएको थियो। त्यस्तै हेटौडाका एचएम थापा मगर र ओखलढुङ्गाका गोपाल श्रेष्ठको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ग्यास सिलिण्डर पड्किँदा मृत्यु भएका कसैको पनि शव सग्लो भेटिएको छैन । दुई जनाको त कपालमात्रै भेटिएको प्रहरीले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org