ताजा समाचार

महानगरपालिकाले पाँच वटा ब्रुमर सञ्चालनमा ल्यायो

काठमाडौं महानगरपालिकाले मंगलबार बाट पाँच वटा ब्रुमर प्रयोगमा ल्याएको छ ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रिबन काटेर ब्रुमर सञ्चालनको उद्घाटन गरेका छन् ।

डिजेलबाट चल्ने यी ब्रुमर युरो ४ एमिसन स्टान्डर्डको डुभेलो ६००० मोडलका हुन् । इन्जिन क्षमता १०७ किलोवाट रहेको छ। हरेक ब्रुमरमा चार वटा ब्रस रहेका छन् ।

महानगरपालिकाका अनुसार ब्रुमरमा ५ सय लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण गर्न सक्ने क्षमता छ। पाँच वटा ब्रुमरको मूल्य ७ लाख ६२ हजार ४ सय ७० युरो रहेको छ।

कलंकी, बल्खु, कालिमाटी, टेकु, सुन्धारा, टुँडिखेल आसपा, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने, एयरर्पोट, पुतलीसडक, सिंहदरबाबर, हात्तिसार, दरबमरामर्ग, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, सिनांगल, बसन्तपुर, मध्यबानेश्वर, भऽकाली लगायतका क्षेत्रका सडकमा यिनको प्रयोग गरिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org