ताजा समाचार

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

कञ्चनपुर ।

ट्र्याक्टरले ठक्कर दिँदा आज एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका सात वर्षीय हरिश धामी छन् ।

विद्यालय जाने क्रममा से १ त ५०८७ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । ट्र्याक्टर चालक ३८ वर्षीय आनसिंह धामी मृतक बालकका ठूलोबुबा रहेको उनले बताए ।

ट्र्याक्टर आउँदै गर्दा बालक अगाडि परेपछि ठक्कर लागेको बुझिएको छ । ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल भीमदत्तनगरमा राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org