ताजा समाचार

विश्वका घुम्नैपर्ने उत्कृष्ट गन्तव्यमा नेपाल १९ औं स्थानमा

काठमाडौं ।

विश्वका घुम्नैपर्ने उत्कृष्ठ देशहरुको सूचीमा नेपाल १५ औं स्थानमा परेको छ । सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौं १९औं स्थानमा परेको हो ।

घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने अमेरिकी ट्राभल साइट ‘ट्रिप एडभाइजर डटकम’ले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औं उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो।

बौद्धनाथ, कपन गुम्बा, पशुपतिनाथ, केशरमहलस्थित स्वप्न उद्यान, काठमाडौं, ललितपुर, भक्तपुर दरबार क्षेत्रका साथै ठमेल लगायत स्थानलाई दर्शनीयस्थलका रुपमा उक्त साइटमा चित्रण गरिएको छ।

संयुक्त अधिराज्यको राजधानी लण्डनलाई पहिलो नम्बरमा समावेश गरिएको छ भने फ्रान्सको प्यारिस दोस्रो, इटलीको रोम तेस्रो, ग्रीसको क्रेट चौंथो र इन्डोनेसियाको बाली पाँचौ नम्बरमा छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org