अब पाद्न पनि नपाइने ? पादेको भन्दै २० करोड क्षतिपूर्ति सहित मुद्धा
काठमाडौं ।
तपाईले अहिलेसम्म विश्वमा कस्ता कस्ता विषयमा मुद्धा पर्छन् भनेर सुन्नु भएको छ ? सामान्यतया हत्या, हिंसा बलात्कार, चोरी डकैती, गठि आदि आदि ।
तर अस्ट्रेलियामा अहिलेसम्म कै अचम्मको घटना घटेका छ । शायद यो भन्दा पहिलो विश्वको जुनै ठाउँमा पनि यस्तो घटना घटेको थिएन् ।
घटना हो केही दिन अघिको त्यहाँ एकजना व्यक्तिले पादेका कारण मुद्धा झेल्नुपरेको छ । त्यो पनि झण्डै २० करोड रुपैयाँ बराबरको रकम तिर्ने गरि ।
घटना अष्ट्रेलियाको मेलबर्नमा घटेको हो । पेशाले निर्माण इन्जिनियर रहेका ती व्यक्तिको आरोप छ कि उनका ती आरोपित सहकर्मी हरेक दिन कार्यालय समयमा उनको कोठामा पटक पटक आएर पाद्ने गर्दछन् ।
यसरी बारम्बार पाद्नाले दुर्गन्ध फैलिएको, काम गर्नै अप्ठेरो भएको र आफु प्रताडित भएकोले मुद्दा दायर गर्नुपरेको उनको जिकिर छ । पादका कारण अफिसमा काम गर्ने वातावरण नै नरहेको उनको भनाई छ ।
सहकर्मीको पाद्ने बानीका कारण आफु व्यक्तिगत रुपमा पीडित भएको, कार्यालयका हाकिमसँग गुनासो गर्दा पनि समस्याको सुनुवाई नभएको र समाधानको अरु बाटो नदेखेपछि अदालतको ढोका ढक्ढकाउनुपरेको उनको भनाई छ ।
डेभिड नामका ती ५६ वर्षीय इन्जिनियरले पदुवा सहकर्मीविरुद्ध १८ लाख डलर क्षतिपूर्तिको माग गरेका छन् ।
दिनमा ५—६ पटक ती सहकर्मी आफ्नो कोठामा आउने र पादेर जाने गरेको भन्दै उनले त्यसपछि हुने दुर्गन्धलाई कम गर्न आफुले कोठामा सेन्ट छर्किने गरेको बताएका छन् ।
यो मुद्दाको बारेमा अदालतले आउँदो शुक्रबार अन्तिम फैसला गर्नेछ । एजेन्सी
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












