ताजा समाचार

प्रहरी हिरासतमा रहेका हेमन्तप्रकाश वलीलाई ३ दिनभित्र उपस्थित गराउन आदेश

काठमाडौं ।
प्रहरीले केही दिन अघि काभ्रेबाट नियन्त्रणमा लिएका विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई सर्वोच्चले अदालतमा हाजिर गराउन सरकारलाई निर्देशन दिएको छ ।

वलीलाई प्रहरीले पक्राउ परेपछि छोरी विपना वलीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा प्रारम्भिक सुुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बन्दी बनाउनुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org