ताजा समाचार

देशभरको प्रश्नपत्र रुजु गर्न ४ घण्टाको समय दियो मन्त्रालयले

काठमाडौं ।

शिक्षा मन्त्रालयले ४ घण्टाभित्र देशभरका सम्पूर्ण एसइईका प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको छ ।

प्रदेश नम्बर २ मा लगातार दुई दिन विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।

यसैबीच २ नम्बर प्रदेशमा प्रश्नपत्र बाहिरिएको घटनाको सिआइबीले अनुसन्धान गर्ने भएको छ ।

शुक्रबार मन्त्रालयमा भएको केन्द्रीय सुरक्षा समितिको वैठकले प्रश्नपत्र आउट भएको विषयमा अनुसन्धान गर्ने जिम्मा सिआईबीलाई दिने निर्णय गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org