ताजा समाचार

दुर्घटनामा मृत्यु भएका मध्ये ४ जनाको सनाखत

ओखलढुङ्गा । जिल्लाको मानेभञ्ज्याङमा भएको जीप दुर्घटनामा मृत्यु भएका मध्ये ४ जनाको सनाखत भएको छ ।

प्रहरीका अनुसार ताप्लेजुङ थप्तालुङ गाउँपालिका ७ का ५५ वर्षीय मिंमा शेर्पा, सोही ठाउँका ४५ वर्षीय सांगेल शेर्पा, काठमाडौँ बौद्धका ३५ वर्षीय नुर्भु शेर्पा र सोही ठाउँका वाङदा शेर्पाको मृत्यु भएको हो । अन्य दुई जनाको भने सनाखत हुन सकेको छैन् ।

हलेसीबाट काठमाडौँका लागि छुटेको बा १६ च २२०६ नम्बरको जिप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org