बाबुले दागबत्ती नदिएपछि दुई छोरी बसे आमाको किरियामा
भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलका २३ वर्षीया प्रभा गिरी र १९ वर्षीया प्रमिता गिरीलाई अहिलेसम्म दाहसंस्कारको विधिका बारेमा समेत पत्तो थिएन ।
तर गत ७ गते बिहीबार राति आफ्नै आमाको शरीरमा दागबत्ती दिएर समाधिमा माटो दिँदा अविवाहित यी दुई दिदीबहिनीले आफ्नो मनलाई निकै गाँठो पारे, आमाको शरीरलाई माटोले पुर्दै गर्दा जिन्दगीमा आफूहरु टुहुरो भएको महसुस गरे ।
विसं २०४८ मा चाँगुनारायण नगरपालिका–४ की पार्वतीसँग मागी विवाह गरेका ताथली– ९ का हरिबहादुर गिरीले कान्छी श्रीमती भित्र्याएपछि भने पार्वतीको दुर्गती शुरु भएको बताउँछन्, उनका परिवार ।
भक्तपुर क्यान्सर अस्पतालमा पाठेघर क्यान्सरको उपचारका क्रममा निधन भएपछि पार्वतीको शव भक्तपुर नगरपालिका हनुमानघाटस्थित दशनामी समुदायको समाधिस्थलमा दाहसंस्कारका लागि लगेर खबर गर्दा पनि नआएपछि गुठियारले गएर ल्याएका पति हरिबहादुरले मृतक श्रमिती र छोरीहरुको अनुहारसमेत नहेरी फर्किएको छोरीहरु बताउँछन् ।
‘आमाको पार्थिव शरीरमा दागबत्ती दिएर एक मुठ्ठी माटो समेत नदिने निर्दयी बाबुले श्रीमतीको किरिया पनि बस्दिन, जूठो पनि बार्दिन भनेपछि दागबत्ती दिएर आमाको अन्तिम संस्कार गरी हामी दुई छोरी नै आमाको किरियामा बसेका हौ’, गहँभरी आँशु पार्दै जेठी छोरी प्रभाले भनिन् ।
बाबुले एक पटक पनि आफूहरुलाई फर्केर नहेरेको गुनासो गर्दै सौतेनी आमा ल्याएपछि बाबु पनि सौतेनी हुन्छ भन्ने भनाइ आफ्नो जीवनमा चरितार्थ भएको दुबैछोरी बताउँछन् । जेठी छोरी प्रभा भन्छिन् ‘बुबाले कान्छी आमा ल्याउँदा म सानै थिए, मेरी बहिनी त आमाको गर्भ मै थिई, मरो आमालाई घरबाटै निकाल्न खोजेका थिए, आमालाई धेरै नै शारीरिक तथा मानसिक यातना भोग्नु पर्यो, आमाको बलजफ्तीले छिढीँमा एउटा कोठा बारेर बाससम्म पाइन, हामी दुई दिदीबहिनी भने मामाघर मै हुर्कियौ ।’
पार्वतीको दाजु गोपाल गिरी दुई भाञ्जीलाई सानैदेखि आफूले ल्याएर पालेको, पढाएको बताउँदै ज्वाइँले श्रीमती र छोरीहरुप्रति अलिकित पनि माया नदेखाएको देख्दा यस्ता बाबु पनि हुदाँ रहेछन् भन्ने लागेको बताउँछन् ।
गोपालले भने ‘घरमा खाने चामल समेत छैन भनेर बहिनीले निकै गुनासो गरी, मैले उनलाई पनि माइतीमै आएर बस भने तर मानिनन्, एक्लै भए पनि घरमा सङ्घर्ष गरेर बस्छु भनिन्, विसं २०७२ को भूकम्पमा बसेको घर भत्किएपछि भाडामा जग्गा लिएर टहरोमा बस्दै ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएकी पार्वतीको शरीर भरी क्यान्सरले गाँजेको पनि पत्तै पाइनन् ।’
स्नातकोत्तर अध्ययनको तयारीमा रहेकी प्रभा र स्नातक तह दोस्रो वर्षमा अध्ययनरत प्रमिताको भविष्य पनि उनै मामा गोपालको काँधमा अड्किन पुगेको छ । गोपाल भन्छन्, ‘दुःखैदुखमा बहिनीको जीवन सिद्धियो, यी दुई भाञ्जीको थप जिम्मेवारी पनि मेरो काँधमा आएको छ, भविष्यमा जस्तोसूकै परिस्थितिमा पनि लड्नसक्ने, आफ्नै खुट्टामा उभिनसक्ने बनाउनुछ ।’
आफू जन्मेपछि अहिलेसम्म एक पटक पनि बाबुले मुख नहेरेको बताउने प्रमिता आमाको मृत्युमा समेत बाबुले देखाएको निर्दयता सम्झिँदा धिक्कार्न मन लागेको बताउँछिन् । उनी भन्छिन् ‘एकदिन सबैको मर्ने दिन आउँछ, सुख सधैं हुँदैन, बाबु भएर पनि दुःखमा हामीलाई पनि सम्झने दिन आउला नि ।’
आमाको किरिया सिध्याएपछि जाने ठाउँ काहीँ नभएका प्रभा र प्रमिताले मामाघरमै जाने निधो गरेकी छिन् । यद्यपि उनीहरुको भविष्यको टुङ्गो भने छैन । किरियापछि आमाले नमागेको अधिकारका लागि कानूनी लडाइँ लडेर न्याय माग्ने योजनामा छन्, दुई दिदीबहिनी ।
Comments
अरु समाचार
-
एसईईको ग्रेडवृद्धिमा ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईईको...
-
आईसीसी विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको...
-
लेबनानमा इजरायलकोे आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९२
जेरुसलेम । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट...
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
आजको राशिफलः २०८१ असोज ८ गते मंगलवार
मेषः अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...