विप्लव समूहका ३१७ नेता तथा कार्यकर्ता पक्राउ
काठमाडौं ।
सरकारले नेकपा ‘विप्लव’ समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि सुरक्षा निकाय निकै सक्रिय बनेको छ । सरकारको निर्देशनबमोजिम सुरक्षा निकायले सो समूहका नेता कार्यकताहरु धमाधम पक्राउ गर्न थालेको छ ।
प्रधानमन्त्री केपी ओलीले मानिस मार्ने, बम पड्काउने, चन्दा आंतक मच्चाउनेलाई कुनै हालतमा नछाड्ने अडान लिंदै आएका थिए । सरकारको अडान बमोजिम सुरक्षा कारबाही तिब्र पारिएको हो ।
हालसम्ममा प्रहरीले आपराधिक गतिविधिमा संलग्न विप्लव समूहका ३१७ जनालाई पक्राउ गरिसकेको छ । विप्लव समूहका उच्च तहका नेता पक्राउ गर्न पनि प्रहरी सफल भएको छ ।
नख्खुस्थित एनसेलको कार्यालय अगाडि एकजनाको ज्यान जाने गरि गत फागुन १० गते भएको बम विस्फोटको जिम्मा विप्लव समूहले लिएपछि सुरक्षा निकायले गोप्य छानबिन शुरु गरेको थियो ।
सोहि क्रममा सुरक्षा निकायले नेकपाको मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित दर्जनौं नेता कार्यकर्ता पक्राउ गरेको छ । वली विप्लव नेकपाभित्रका तेस्रो वरियताका नेता हुन् ।
योभन्दा अगाडि नै सरकारले विप्लब समूहका पोलिटब्यूरो सदस्य मोहन कार्की, केन्द्रीय सदस्य बसन्त श्रेष्ठ, कोशी ब्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ र मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठलाई पक्राउ गरिसकेको थियो ।
यसैगरि नवलपरासी इञ्चार्ज गंगा ज्ञवाली, कालिकोट जनसरकार प्रमुख धनराज शाही, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का संयोजक राजु कार्कीसहित ३१७ जनालाई सुरक्षा निकायले पक्राउ गरी कारवाही थालेको थियो । कारवाहीका क्रममा पक्राउ परेकामध्ये ५० जना छुटेको र १६४ जना अहिले पनि हिरासतमा रहेको प्रहरीले जानकारी दिएको छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












