ताजा समाचार

राहत तथा उद्धार व्यवस्थापनका लागि उच्चस्तरीय समिति गठन (को को छन् समितिमा ?)

बारा र पर्सामा आएको विनाशकारी हावाहुरीबाट पीडित भएकाहरुर्लाइ तत्काल राहत तथा उद्धार व्यवस्थापनका लागि उच्चस्तरीय समिति गठन गरिएको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले समिति गठन गर्ने निर्णय गरेको थियो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक सञ्जालमार्फत पनि राहतका लागि समिति गठन गरिएको सार्वजनिक गरेका छन्।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा गठित उच्चस्तरीय समितिमा सदस्यहरुमा सामाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय, मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव अरुण झा रहेका छन् ।

सो समितिले हावाहुरीबाट भएको क्षतिको अध्ययन गरी तत्काल राहत तथा उद्धार उपलब्ध गराउने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org