ताजा समाचार

विप्लव निकट विद्यार्थी संगठनका २ जना पक्राउ

पोखरा ।

प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार क्रान्तिकारी विद्यार्थी संगठनका पिएन क्याम्पस संयोजक प्रकाश बास्तोला र विद्यार्थी नेता उज्वललाई पक्राउ गरिएको हो ।

विद्यार्थी संगठनले पृथ्वीनारायण क्याम्पसमा सरकारले गरेको प्रतिबन्ध र पार्टीका नेता तथा कार्यकर्ता पक्राउको विरोध प्रदर्शन गरेका थिए ।

प्रहरीले प्रदर्शनस्थलमा भिडियो खिच्न पुगेका नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारीलाई समेत नियन्त्रणमा लिएको थियो । तर उनलाई केही समयपछि रिहा गरेको एसपी ओम रानाले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org