ताजा समाचार

हावाहुरी पीडितलाई राजपाद्वारा ५ लाख सहयोग

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले बारा र पर्सामा आँधी र हावाहुरी पीडितका लागि ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

सोमबार विज्ञप्ति जारी गरी राजपा नेपालका संयोजक शरदसिंह भण्डारीले पार्टीको तर्फबाट पनि ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

राजपाले संकटका बेला राहत र उद्दारमा लाग्न कार्यकर्तालाई आग्रह गरेको छ । नेता कार्यकर्ताहरुले राहत सहयोग संकलन गरी पीडित परिवारलाई सहयोग गर्न पनि आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org