ताजा समाचार

प्रधानमन्त्री ओली घाइतेहरुलाई भेट्न कलैया अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीबाट प्रभावित क्षेत्रको निरिक्षणमा छन् । अहिले प्रधानमन्त्री हावाहुरीबाट घाइते भएकाहरुर्लाइ भेट्न कलैया अस्पताल पुगेका छन् ।

प्रधानमन्त्रीसँगै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री राम बहादुर थापा पनि छन् ।

प्रधानमन्त्रीले बाराको कलैया अस्पतालमा उपचाररत घाईतेहरुलाइ भेटि उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिएका छन् ।

झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया पुग्नुभएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

यसअघि प्रधानमन्त्रीले प्रभावित क्षेत्रको हवाइ अवलोकन गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org