ताजा समाचार

६ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । सोमबार साँझ ६ बजे मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । आइतबार बारा र पर्सा जिल्लामा हावाहुरीले ठूलो जनधनको क्षति गरेपछि प्रभावितलाई राहत र उद्धार लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरी प्रभावित जिल्लामै छन् ।

उनी काठमाडौं फर्किएपछि साँझ ६ बजे प्रधानमन्त्री निवास वालुवाटरमा मन्त्रिपरिषदको बैठक बस्ने तय भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org