ताजा समाचार

पुलमुनि एक युवाको शव भेटियो, पेटमा बोतल प्रहार गरेको घाउ

काठमाडौं ।

राजधानी काठमाडौंको बाफल पुलमुनि एक युवकको शव फोला परेको छ । प्रहरीका अनुसार अन्दाजी २५÷२६ वर्षीय युवकको पेटमा सिसाको बोतलले प्रहार गरि हत्या गरेको अवस्थामा शव भेटिएको हो ।

केही समयदेखि उक्त क्षेत्रमा मागेर खाने, मानसिक अवस्था ठीक नभएका युवकको शव भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार उनीसँग अर्का एक युवक पनि सँगै बस्ने गर्थे। कहिलेकाहिँ झगडा गर्ने समेत गरेको स्थानीयले प्रहरीलाई बताएका छन्।

काठमाडौँको बाफल पुलमुनि शव फेला परेको छ। मंगलबार बिहान करिब ८ बजे शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान भएको छैन।

घटनाको अनुसन्धान गर्ने प्रहरीले तालिमप्राप्त कुकुर र चिकित्सकको टोली मगाएको बोगटीले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org