ताजा समाचार

हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरी श्रीमती सङ्घले त्रिपाल वितरण गर्दै

काठमाडौं ।

बारा पर्साका हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरी श्रीमती सङ्घले त्रिपाल वितरण गर्ने भएको छ । हावाहुरी प्रभावित क्षेत्रमा संघले पाँच हजार थान त्रिपाल, खाद्यान्न र सरसफाइका सामग्री वितरण गर्न लागेको हो ।

सङ्घका अध्यक्ष प्रमिला खनालले हावाहुरी प्रभावितलाई तत्काल राहतस्वरुप सङ्घले उक्त सामग्री वितरण गर्न लागेको जानकारी दिइन् ।

यसैबीच सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हावाहुरीबाट प्रभावित बारा र पर्साका विभिन्न बस्तीको अवलोकन गरेका छन् । अवलोकनको क्रममा महानिरीक्षक खनालले खोज, उद्दार र राहतमा खटिन प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org