ताजा समाचार

यस्ता पनि श्रीमती ! जसले भिनाजुसँग मिलेर श्रीमानको हत्या गरिन्

बुटवल ।

बुटवलमा एक भारतीय नागरिक फिरोेज खानको हत्या उनकै श्रीमतीको मिलेमतोमा भएको खुलेको छ ।

मैनाबगरको एक मोटर पार्टस वर्कसपमा काम गर्ने ४३ वर्षका खानको हत्यामा ३० वर्षकी श्रीमती साइना खातुन र खातुनका भिनाजु भारतीय नागरिक कादिर अन्सारीको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

खानको हत्यामा संलग्नको आशंका गरिएका अन्सारी भारत बिहारको बेतिया जिल्ला पश्चिम चम्पारणका नागरिक हुन् । खानको हत्यामा कटुवा पेस्तोल प्रयोग भएको खुलेको थियो । खानको हत्या गरेर अन्सारी भारततिरै भागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले बताए ।

अन्सारी र खातुन विगत केही वर्षदेखि सम्बन्धमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ । अन्सारीकी श्रीमतीको एक वर्षअघि मृत्यु भएपछि खातुनसंग उनको भेटघाट बाक्लिएको थियो ।

प्रहरीका अनुसार फिरोजको बुटवल १ गढिटोलस्थिल आफ्नै डेरा अगाडि गोली हानेर हत्या हुँदा श्रीमती खातुन छोराहरुसँगै कोठाभित्र थिइन् । छोराहरुले बाहिर के को आवाज आयो हेर्न जाऔं भनेर निस्कन खोज्दा खातुनले बाहिर जान नदिएको प्रहरीसंग बताएपछि शंकाको सुई खातुनतिरै सोझिएको र उनीमाथि अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।का थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org