ताजा समाचार

ढल्नै लाग्यो साततलेः दरबार बन्न अर्को पृथ्वीनारायण जन्मिनुपर्ने हो ?

नुवाकोट । साततले दरबारको पाँचौ तल्लाको पश्चिमपट्टिको छाना र गाह्रो झरेको छ । आउने मनसुनमा दरबारको संरक्षणको लागि पुननिर्माण नथालिए ढल्ने स्थानीयले दाबी गरेका छन् ।

उनीहरुले पुरातात्त्विक सम्पदा साततले दरबारलगायत वरिपरिका संरचना छिटो पुननिर्माण गर्न माग गरेका छन् । भूकम्पले क्षति पुर्याएको उक्त दरबार वर्षाले र हुरीले छानाबाट झिँगटी र काठपात झर्ने गरेका छन् ।

‘पुननिर्माण गर्न अब अर्को पृथ्वीनारायण नजन्मेसम्म दरबार बन्लाजस्तो छैन,’ स्थानीय अनुप खण्डाकाले भने, ‘यत्रो ऐतिहासिक सम्पदा खण्डहर बन्ने भो ।’ इतिहास मेटिने र नुवाकोटको पहिचान मासिने चिन्ता जिल्लाबासीमा छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org