तीन सय बिघा वन बग्यो
टीकापुर । हाइग्रिभा–सिद्धी शाही प्रकाश जेभी सामाखुशी काठमाडौँले कर्णाली नदीमा तटबन्धको ठेक्का लिई काम नगरेकाले कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् ।
समयमा काम पूरा नगर्दा सत्ती कर्णाली सामुदायिक वन क्षेत्र कटान भएको छ भने लाखौँ मूल्यको वेतको जङ्गल बगिसकेको छ ।
रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट विसं २०७२ चैतमा एक हजार ७०० मिटर तटबन्धको काम पाएको जेभीले तीन वर्षसम्म करीब ६०० मिटर काम पनि पूरा गरेको छैन । “समयमै तटबन्ध गरेको भए त्यस क्षेत्रको करीब ३०० बिघा वन जोगिन्थ्यो, पोहोर पूरा गरेको भए आठ बिघा वेत वन जोगिने थियो”, सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले भने, “यस वर्ष पूरा भएन भने जङ्गल त जान्छ नै बस्ती पनि खतरामा पर्नेछ ।’
तत्काल काम शुरु नगरे निर्माण कम्पनीलाई कालोसूचीमा राखी कारवाही चलाउन र यसैवर्ष तटबन्धको बाँकी काम पूरा गर्न सिँचाइ आयोजनालाई अनुरोध गरेको अध्यक्ष साउदले बताए । स्थानीयका कुरा सुनुवाइ नभए आन्दोलनमा जानुपर्ने बाध्यता रहेको स्थानीय मनिराम ढुङ्गानाले बताए ।
टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले वर्षौँदेखि बाढी प्रभावित भइरहेको वडामा तटबन्ध हुने भएपछि खुशी भए पनि समयमा काम नहुँदा निराश भएको बताए ।
उनले वडा नं ८ को ९९४ र वडा नं ९ का चार घर प्रभावित हुने जानकारी दिए । हुलाकी राजमार्गमा बनेको कर्णाली पुल पनि खतरामा पर्ने उनको भनाइ थियो ।
ठेक्का लागेको वर्ष २०७२ यता कर्णाली नदीले ३०० बिघा वन क्षेत्र कटान गरिसकेको छ । गत वर्ष तटबन्ध गरेको क्षेत्रमा कटानी रोकिए पनि बाँकी क्षेत्रमा आठ बिघा जति वेतको जङ्गल बगेको वन अध्यक्ष साउदले जानकारी दिए । तटबन्धमा ससाना ढुङ्गा प्रयोग गरेको र एक तह मात्रै तटबन्ध गरेकाले जाली भत्किन थालेको छ ।
आयोजनाका डिभिजनल इञ्जिनीयर रणबहादुर बमले गत फागुन २५ गते पत्रिकामै सूचना जारी गरिसकेको र फागुन ३० मा सम्पर्कमा आई काम गर्छु भनेको तर कार्यस्थलमा नआइसकेको जानकारी दिए।
निर्माण कम्पनीसँग रु १४ करोड नौ लाख १४ हजारको ठेक्का सम्झौता भएकामा रु पाँच करोड १७ लाख २९ हजारको काम भइसकेको र रु एक करोड ७९ लाख पेश्की रहेको आयोजनाका सहायक सूचना अधिकारी शङ्कर थापामगरले जानकारी दिए ।
Comments
अरु समाचार
-
चार जना डीआईजीको एक वर्ष पदावधि थपियो
काठमाडौं। सशस्त्र प्रहरी बलका चार जना डीआईजीको पदावधि एक वर्ष थपिएको छ । । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले कमल...
-
सशस्त्रका चार डीआईजीको म्याद थपबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । सशस्त्रका चार डीआईजीको म्याद थपबारे निर्णय लिन मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् आकस्मिक...
-
संविधान संशोधन ०८७ मा मात्रै हुने ओलीको खुलासा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका छन् । केन्द्रीय...
-
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से छ दशमलव १६ अङ्कले बढेर...
-
चीनतर्फबाट सगरमाथा क्षेत्र प्रवेश अस्थायी रूपमा बन्द
काठमाडौं । चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द...
-
भूकम्प अपडेट: ९५ जनाको मृत्यु, १३० घाइते
काठमाडौं । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका...
-
भूकम्पबाट सङ्खुवासभामा एउटा घरमा क्षति
काठमाडौं । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेटमा गएको ६ दशमलव ८...
-
सुनकोसी नदीमा बाँध निर्माण सुस्त, सात प्रतिशत मात्रै प्रगती
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोसी नदीमा बाँध निर्माण कार्य सुस्त छ । पटेल–रमण जेभीले सुनकोसी नदीमा...
-
भूकम्प अपडेट: सोलुखुम्बुमा दुई घरमा क्षति
काठमाडौं । आज बिहान गएको भूकम्पका कारण सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ।...