ताजा समाचार

धनगढी उपमहानगरका ३ सय कर्मचारीले एक दिनको तलब हावाहुरी पीडितलाई दिने

कैलाली ।

धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले बारा पर्साका हावाहुरी पीडितलाइ उक दिनको तलब दिने भएका छन् ।

उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मानवीय संकटमा मलम लगाउनका लागि एक दिनको तलब दिने निर्णय गरेको बताए।

नगरप्रमुख वडले पर्सा र बाराका हावाहुरी पीडितका लागि जेजति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन नगरबासी र धनगढीका क्रियाशील संघसंस्थाहरुसँग आग्रह समेत गरेका छन्।

धनगढी उप–महानगरपालिकाकामा जनप्रतिनिधि र कर्मचारीहरु झण्डै ३ सय भन्दा बढी रहेका छन्। नगरप्रमुख वडका अनुसार एक दिनको तलब मात्रै हावाहुरी पीडितलाई दिएमा अढाई लाखभन्दा बढी हुन जान्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org