ताजा समाचार

बारको मतगणना जारी लोकतान्त्रिक प्यानलको अग्रता कायमै, यस्तो छ पछिल्लो परिणाम

काठमाडौं । नेपाल बार एशोसिएसनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार लोकतान्त्रिक समूहको अग्रता कायमै छ ।

लोकतान्त्रिकका अध्यक्षका उम्मेदवार बनेका सुनील पोखरेलले १५६६ मत प्राप्त गरेका छन् । प्रगतिशिल समूहका अध्यक्षका प्रतिस्पर्धी चण्डेश्वर श्रेष्ठले १४३४ मत ल्याएका छन् ।

महासचिवमा लोकतान्त्रिकका लीलामणि पौडेलले १५७१ र प्रगतिशिलका सुरेन्द्रबहादुर थापाले १३७१ मत पाएका छन् । अहिले काठमाडौँ उत्पत्यका बाहिरको मतगणना भइरहेको छ ।

शनिबार भएको मतदानमा देशभर रहेका बारका १० हजार ३१३ मतदाता मध्ये ८ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org