ताजा समाचार

वर्किङ भन्दै भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउने विमला पक्राउ

काठमाडौं ।

वर्किङ भिसामा भन्दै भिजिट भिसामा वैदेशिक रोजगारीका लागि मान्छे विदेश पठाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेका छ ।

प्रहरीका अनुसार भोजपुर घर भइ सामाखुशी बस्दै आएकी विमला थापालाई वैदेशिक रोजगारीका लागि विदेश जाने व्यक्तिलाई वर्किङ भिसामा पठाउने भनेर झुक्याएर भिजिट भिसामा विदेश पठाउने कार्यमा संलग्न भएको खुलेपछि पक्राउ गरिएको हो ।

उनी पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीमा काम गर्थिन् । उनले प्रतिव्यक्ति २ लाख ४० हजार रुपैयाँसम्म लिएको खुलेको प्रहरीको भनाइ छ ।

यसअघि धनुषाका मोहम्मद गुलाम राइन र सबिर राइनलाई नेपाल वायु सेना निगमको उडानमार्फत दुबई जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले राकेको थियो ।

त्यसपछि उनीहरुलाई वर्किङ भिसामा नभई भिजिटमा मात्र विदेश पठाउन खोजिएको खुलेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org