ताजा समाचार

हावाहुरी प्रभावितलाई प्रदेश सरकारले चारकोठे घर बनाइदिने

जनकपुरधाम ।

प्रदेश सरकारले हावाहुरी प्रभावित क्षेत्रमा सौचालय सहितको ४ कोठे घर बनाइदिने निर्णय गरेको छ । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले हुरीका कारण पूर्ण रुपमा क्षतिग्रस्त घरहरु सरकार बनाइदिने बताएका हुन् ।

त्रिपालमुनी रहेका पीडितहरुलाई गर्मीका कारण समस्या भइरहेको भन्दै उनले केहि दिनभित्रै टेन्टभित्र सारिने बताए । प्रदेशका आन्तरिक मामिलामन्त्रीले प्रदेशसभालाई दिएको जानकारीअनुसार हुरीका कारण बारामा २७ र र पर्सामा एक जनाको मृत्यु भएको छ । करिव एक हजार घाइते भएका छन् ।

उनका अनुसार बारामा ९ सय ५८ परिवारको घर पूर्णरुपले र ९ सय २२ को आंशिक रुपले क्षतिग्रस्त भएको छ । यस्तै पर्सामा १ सय २२ घर पूर्ण रुपले र ३ सय ८७ घर आंशिक रुपले क्षतिग्रस्त भएको प्रारम्भिक तथ्यांक आएको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org