ताजा समाचार

हावाहुरी पीडितका लागि निः शुल्क राहत सामग्री ढुवानी गर्ने घोषणा

काठमाडौं । बारा पर्साका हावाहुरी पीडितहरुका लागि नेपाल सामान ढुवानी व्यवसायी संघले निः शुल्क राहत सामग्री ढुवानी गर्ने भएको छ ।

संघले सूचना जारी गर्दै ती जिल्लाका पीडितका लागि काठमाडौंबाट जुटाएर घटनास्थलसम्म ढुवानी गर्नुपर्ने राहत सामग्री ढुवानीको शुल्क नलिने बताएको छ ।

संघले राहत संकलनमा संलग्न विभिन्न संघ, संस्थाहरुको समन्वयमा काठमाडौंबाट बारा र पर्साका लागि राहत सामग्री निःशुल्क ढुवानी गर्ने बताएको हो ।

नेपाल सामान ढुवानी संघ, काठमाडौं सामान ढुवानी व्यवसायी संघ र वीरगञ्ज ट्रान्सपोर्ट एसोसिएसनको सहकार्यमा राहत सामग्री निशुल्क ढुवानी गरिने संघले जानकारी दिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org