ताजा समाचार

विप्लवमाथिको प्रतिबन्ध राजनीतिको मुलधारमा आउलान भनेर होः गृहमन्त्री थापा

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लवलाई राजनीतिको मुलधारमा लयाउन प्रतिबन्ध लगाइएको जनाएका छन् ।

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा पोखरा पुगेका मन्त्री थापाले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै चन्द समूह छिट्टै मूलप्रवाहमा आउने आशा गरेको जनाए ।

शान्ति सुरक्षामा खलल पुर्‍याउन अझै केही समूह सक्रिय रहेको र यसको समाधानमा सरकार लागिपरेको उनले बताए। ‘शान्ति सुरक्षा र विकासमा बाधक भएकाले विप्लव समूहमाथि प्रतिबन्ध लगाइएको हो,’ उनले भने, ‘आशा छ, मूलप्रवाहमा आउने छ।’

संविधान र कानुन विपरीत काम स्वतः प्रतिबन्धित हुने भन्दै उनले असंबैधानिक र गैरकानुनी काम रोकिएको बताए। शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको सरकारको निष्कर्ष रहेको उनले जनाए।

सीके राउतप्रति इंगित गर्दै पृथकतावादी समस्यालाई समाधान गरी राजनीतिको मूलधारमा ल्याउन सकिएको बताएका थापाले अब उनीहरु देश विकासमा समाहित हुने दाबी गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org