ताजा समाचार

रीनाको बलत्कार हत्या नभएको पोस्टमार्टम प्रतिवेदन सार्वजनिक

काठमाडाैँ । मोरङको पथरीशनिश्चरेमा मृत अवस्थामा फेला परेकी रीना बस्नेतको बलात्कार हत्या नभएको पोस्टमार्टम प्रतिवेदनले जनाएको छ ।

गत शनिबार बिहान बस्नेत नग्न अवस्थामा मृत फेला परेकी थिइन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट रिनाको पोस्टमार्टमको प्रारम्भिक प्रतिवेदनमा बलात्कार नभएको उल्लेख भएको प्रहरीले जनाएको छ ।

‘स्थानीयले उनको बलात्कारपछि हत्या गरेर सडकको फालेको हुनसक्ने आशंका गरेका थिए, तर प्रारम्भिक रिपोर्टमा बालात्कार भएको प्रमाण देखिएको छैन,’ मोरङ प्रहरी प्रमुख एसपि मनोज केसीले भने, ‘रिर्पाेटले घरमाथिबाट झरेको आशंकालाई बल पुगेको छ ।’

यद्यपी फरेन्सिक जाँचका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । मदिरा सेवन गरे नगरेको विषय फरेन्सिक रिपोर्ट आएपछि थाहा हुने प्रहरीको भनाई छ ।

यद्यपी बस्नेतका प्रेमी कमल नेपाललाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रारम्भिक बयानको शिलशिलामा उनी आफनो प्रेमिका भएको नेपालले स्विकार गरेका छन । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org