ताजा समाचार

स्पेनिस ‘ला लिग’को उपाधि मेस्सीको गोलले बार्सिलोनाको पोल्टामा

काठमाडौं । बार्सिलोनाले  स्पेनिस ला लिग फुटबलको उपाधि जितेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई १-० गोलले संघर्षपूर्ण जित निलेकासँगै बार्सिलोनाले २६ आैं पटक स्पेनिस ला लिग फुटबलको उपाधि जितेको छ ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा भने गोल गर्न सफल भयो । बार्सिलोनाका लागि खेलको ६२औं मिनेटमा कप्तान मेस्सीले गोल गरे । बाँकी खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि बार्सिलोनाले १-० गोलले खेल जितेको हो ।

जितसँगै बार्सिलोनाको ३५ खेलबाट ८३ अंक बन्यो । जुन अंक दोस्रो स्थानमा रहेको एट्लेटिको मडि्रडको भन्दा ९ अंकले बढि हो । एट्लेटिको मडि्रडको समान खेलबाट ७४ अंक छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org