ताजा समाचार

प्रदेश २ का मन्त्रीले गराए १४ वर्षीया बालिकाको विवाह, होला त उनीमाथि कारबाही ?

काठमाडाैं । प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले वालिकाको विवाह गराएपछि विवादित बन्दै गएका छन् ।

राजपाबाट मन्त्री बनेका मण्डलले एक १४ वर्षीया दलित बालिकाको विवाह गराएपछि उनीमाथि मानव अदिकारकर्मी तथा सरोकारवालाले चासो देखाएका छन् ।

प्रदेश २ सरकारले करोडौं रुपैयाँ खर्च गरी ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान थालेकै बेला मन्त्री मण्डलले खर्च नै बेहोरेर विवाह गराएको भन्दै विरोध सुरु भएको हो ।

मन्त्री मण्डलले आफ्नै उपस्थितिमा वैशाख ११ गते सिरहाको कल्याणपुर नगरपालिका–३ प्रसाहीकी १४ वर्षीया राधा मल्लिक (डोम)को धनुषाको औरही गाउँपालिकाका अजय मल्लिकसँग बिहे गराइदिएका छन् । ती बालिकाको बिहेमा मन्त्री मण्डल र नगरपालिकाका ३ नम्बर वडाध्यक्ष अशोक मण्डलले लाखौं रुपैयाँ खर्च गरेका छन् । एउटा निर्धन दलितको छोरीको बिहे गराएर आफूले कुनै पाप नगरेको मन्त्री मण्डलले प्रतिक्रिया दिँदै आएका छन् ।

मण्डलले बालिकाको विवाह गराएपनि उनीबारे प्रहरीमा कुनै उजुरी नपरेको प्रदेश २ प्रहरीले जनाएको छ । बालिकाको विवाह कानुन ले नै बर्जित गरेपनि मन्त्री आफैले विवाह गराएपछि प्रदे|श २ मा मात्रै नभएर राष्ट्रिय राजनीतिमा समेत तहल्का मच्चिएको छ ।

मन्त्री मण्डलमाथि कारबाही गर्नुपर्ने भन्दै विभिन्न सरोकारवाला निकायले आवाज उठाउदै आएका छन् । तर, मन्त्री शक्तिमा भएकाले उनीमाथि कसैले कुनै दबाब पार्न नसकेको आरोप लाग्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org