ताजा समाचार

पूर्व राजा ज्ञानेन्द्रले यसरी मनाए विवाहको ४९ औँ बर्षगाँठ

काठमाडाैँ ।  पूर्व राजा ज्ञानेन्द्र शाहले पत्नी कोमलसँगको आफ्नो विवाहको ४९ औँ बर्षगाँठ मनाएका छन्।

तत्कालिन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालिन युवराज ज्ञानेन्द्रको १९ बैशाख ०२७ मा विहे भएको थियो।

रथी केन्द्र शमशेरकै जेठी छोरी ऐश्वर्य राणासँग एक बर्षअघिमात्र ०२६ मा तत्कालिन युवराज वीरेन्द्रले विहे गरेका थिए।

ज्ञानेन्द्रको विहेको केही समयपछि उनका भाई तत्कालिन अधिराजकुमार धीरेन्द्र शाहको प्रेक्षा राणासँग विहे गरेका थिए। प्रेक्षा पनि रथी केन्द्र शमशेरकै कान्छी छोरी थिइन्।

यसरी तत्कालिन राजा महेन्द्रका तीन भाई छोराहरु वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रले रथी केन्द्र शमशेरका तीन बहिनी छोरीहरु क्रमशः ऐश्वर्य, कोमल र प्रेक्षालाई एक पछि अर्को गर्दै भित्र्याएका थिए।

वीरन्द्रकै विहेका लागि राजा महेन्द्रले पुरानो नारायणहिटी भत्काएर अहिलेको नारायणहिटी दरवार बनाएका थिए।

माहिला ज्ञानेन्द्र र कान्छा छोरा धीरेन्द्रका लागि भने महाराजगञ्जमा छुट्टै निवास बनाइएको थियो। त्यसयता ज्ञानेन्द्र त्यहीँ बस्दै आएका छन्।

ज्ञानेन्द्रको निर्मल निवाससँग रहेको धीरेन्द्रको घर भने लोकतन्त्रको पुनस्र्थापनापछि धीरेन्द्रका छोरीहरुले बेचिसकेका छन्।

ऐश्वर्य र कोमलकी कान्छी बहिनी विहे प्रेक्षासँग विहे गरेका धीरेन्द्रको वैवाहिक जीवन भने सफ हुन सकेन।

विदेशी युवतीहरुसँगको सम्बन्धका कारण ०४५ सालमा प्रेक्षासँग उनको पारपाचुकेमात्र भएन, अधिराजकुमार पदबाट राजिनामा समेत दिनु पर्यो।

धीरेन्द्र १९ जेठ ०५८ मा भएको दरवार हत्याकाण्डमा मारिए भने त्यसै साल कार्तिकमा रारा तालको भ्रमणताका हेलिकोप्टर दुर्घटनामा परी प्रेक्षाको पनि निधन हुन पुग्यो।

दरवार हत्याकाण्डमा दाजुभाई, भाउजु र त्यसपछि भाई बुहारी प्रेक्षालाई गुमाएका ज्ञानेन्द्रले आफ्नो वैवाहिक बर्षगाँठ बर्षेनी मनाउँदै आएका छन्।

यसपटकको बर्षगाँठ राजधानीको एक रेष्टुरेन्टमा आयोजना गरिएको थियो, जहाँ पूर्व शाही परिवारका सदस्य र नातेदारहरु सहभागी थिए।

त्यस अवसरमा तयार पारिएको केक काटेपछि पूर्वराजाले पत्नी कोमललाई र कोमलले पति ज्ञानेन्द्रलाई खुवाएकी थिइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org