ताजा समाचार

राष्ट्रपति विद्यादेवी भण्डारी भोली बाग्लुङ जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सोमवार बाग्लुङ नगरपालीका वार्ड नं १२ (अमलाचौर) मा आयोजित एक कार्यक्रममा सहगाभी हुने भएकी छन् ।

भण्डारी स्वर्गीय समाजसेवी हिरण्यप्रसाद ढकालको स्मृतिमा उनका छोराहरु चन्द्रप्रसाद ढकाल र हेमराज ढकालद्धारा निर्मित विद्यालय भवन हस्तान्तरण र पूर्वविद्यार्थीहरुको सकृयतामा स्थापना गरिएको मल्टिमिडिया सेन्टरको उद्धघाटन गर्ने कार्यक्रमतय भएको पृथ्वी हिरण्य माध्यमिक विद्यालयले जनाएको छ ।

करिब साढे ६ करोड रुपैयाँ लागतमा निमार्ण भएको सो अत्याधुनिक विद्यालय भवनको उद्यमी ढकाल दाजुभाईले निमार्ण गरिदिएका हुन् ।

कार्यक्रमलाई राष्ट्रिय सभामा सत्तारुढ दलका नेता दिनानाथ शर्मा, सांसदद्धय डा .सूर्य पाठक, देवेन्द्र पौडेल लगायतले सम्वोधन गर्ने कार्यक्रमतय गरिएको छ । सांसद डा. सूर्य पाठकका अनुसार भण्डारीले सोही दिन अमलाचौरस्थित भैरव मन्दिर (भैरीमथान) को दर्शन समेत गर्ने छन् ।

अमलाचौर स्कुल अलुमनाईका अध्यक्ष डा। हेमराज शर्माका अनुसार पूर्वविद्यार्थी तथा गैरआवासीय नेपालीहरुबाट संकलित ५० लाख रुपैयाँको अक्षयकोषको चेक राष्ट्रिपति भण्डारीको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिने छ ।

पूर्वविद्यार्थीहरुले सो विद्यालय हाताभित्र अत्याधुनिक कप्पुटर ल्याव, विज्ञान प्रयोगसाला स्थापना गरेका छन् । यसअघि सो विद्यालय भवनको सिलन्यास गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षद्धय शेष घले र जीवा लामिछानेको विशेष उपस्थितीमा गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org