‘लाखौंको भीडमा पनि अहिले एक्लै हुन थालियो’: प्रचण्ड
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं नै जंगलजस्तो लागेको बताएका छन्।
आइतबार कार्ल माक्सको २०१ औं जन्मजयन्तीमा काठमाडौंमा आयोजित ‘समृद्धि र समाजवाद, हामी कहाँ छौं’ कार्यक्रममा दाहालले जनयुद्धकालीन बेला र अहिलेको परिस्थितबारे तुलना गर्दै भीडभाड काठमाडौं जंगलजस्तो लाग्ने गरेको बताए।
‘हिजो जंगलमा सुतियो, जंगलजस्तो लाग्दैनथ्यो। लाखौं, करोडौंको बीचमा भएजस्तो लाग्थ्यो,’ दाहालले भने, ‘लाखौंको भीड भएको काठमाडौंमा अहिले एक्लै हुन थालियो। के भएको हो?’
अहिले पार्टीका नेता/कार्यकर्तामा जनयुद्धको बेलाजस्तो उर्जा, त्याग र उत्साह नभएको दाहालको भनाइ छ।
‘जनयुद्धको स्प्रीट, त्याग, उत्साह हामीमा कति छ? भन्दा बडो विचित्र लाग्छ। हामी कता गइरहेका छौं,’ उनले भने, ‘विचार गर्नुस् त विचित्र छैन त कमरेडहरू, काठमाडौंमा करोडौंको बीचमा हुँदा पनि एक्लो भए जस्तो हुन्छ। किन होला?’
उनले जनयुद्धमा थौरै मान्छे हुँदा पनि संसार जितेझैं आत्मबल आएको तर अहिले लाखौं कार्यकर्ता हुँदा पनि केही गर्न सकिन्न भन्नेजस्तो लागेको बताए।
‘थौरै मान्छे हुँदा संसार जित्ने आत्मबल आउथ्यो। अहिले पार्टी विशाल छ, तपाईं, हामी एक्लै-एक्लै छौं क्यारे भनेजस्तो छ,’ उनले भने, ‘हिम्मत हारेजस्तो, उत्साह मरेजस्तो किन भयो? समीक्षा गर्नुपर्छ।’
उनले कार्ल मार्क्स अहिलेका कम्युनिस्टजस्तो सुविधा भोगी नभएको बताए।
‘हामी कार्ल मार्क्सभन्दा सुविधा भोगी भयौं, गाडी घोडा कार्ल मार्क्ससँग थिएन,’ उनले भने।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












