ताजा समाचार

भाउजूसँगको प्रेम लुकाउन मुकेशले निर्मला यादवलाई जिउँदै जलाए

काठमाडाैँ । भाउजूसँगको प्रेम लुकाउन मुकेश गोइतले श्रीमती निर्मला यादवलाई जिउँदै आगो लगाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

धनुषाको शहिद नगरपालिका-१ स्थित पुरवारी टोल चिरैया बस्ने मुकेशले वैशाख ५ गते हातखुट्टा बाँधेर निर्मलाको शरीरमा आगो लगाएका थिए।

घटनामा निर्मलाको शरीरको छाला ७० प्रतिशत जलेको थियो। जनकपुर अञ्चल अस्पतालमा निर्मलाको उपचार हुन नसकेपछि काठमाडौं ल्याइएको थियो। उपचारका क्रममै वैशाख १६ गते निर्मलाको मृत्यु भएको थियो।

विवाहअघि नै भाउजू श्यामादेवी यादवसँग मुकेशको प्रेम रहेको र बिहेपछि पनि उनीहरू छुट्टिन नसकेपछि निर्मलाको हत्या गरेको धनुषाका एसपी शेखर खनालले बताए। निर्मलासँग विवाह १० महिना नवित्दै मुकेशले उनलाई जलाएका थिए।

एसपी खनालका अनुसार श्यामादेवीकै कारण मुकेश र निर्मलाबीच झगडा हुन थालेपछि उनले नै जिउँदै जलाएर हत्या गर्ने योजना बनाएकी थिइन्। निर्मलालाई मट्टीतेल छर्केर आगो लगाएसँगै मुकेश भागेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org