अछाममा क्याम्पसको जग खन्दा सुनचाँदीको भण्डार भेटिएपछि…
अछाम । क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा शुक्रबार थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको हो ।
भवनको जग खन्ने क्रममा सुन भेटाएका मजदूरबीच भागबण्डा नमिलेपछि कुरा बाहिर आएको थियो । उनीहरुको साथमा रहेको सुन अहिले प्रहरीको संरक्षणमा राखिएको छ । सात मजदूरलाई नियन्त्रणमा लिएर थप सोधखोज गर्दा पछिल्ला दिनहरुमा थप सुन फेला पर्दै गएको थियो ।
जमीनमुनि अझै पनि सुन रहेको आशङ्कामा क्याम्पस भवन निर्माणस्थललाई प्रहरीले निगरानीमा राखेको छ ।
माटो चाल्ने क्रममा थप सुन फेला परेको वडा नं. २ का अध्यक्ष कालु सिंह कुँवरले जानकारी दिए । जमीनमुनिबाट हालसम्म १०५ तोला सुन र ४०० तोला चाँदी फेला परेको वडाध्यक्ष कुँवरले जानकारी दिए ।
भीम रावलले गरे अवलोकन
यसैबीच नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले सुन भेटिएको श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पस भवन निर्माणस्थलको स्थलगत अवलोकन गरेका छन् । सुन भेटिएको स्थानको निरीक्षणपछि नेता रावलले पुरातात्विक गहनाको संरक्षणका लागि श्रीकोटमा सङ्ग्रहालयको स्थापना गर्नुपर्ने बताए ।
त्यसका लागि आफूले पहल गर्नेसमेत उनले बताए । उनले श्रीकोटमा पुरातत्व विभागको नियमअनुसार जिल्लामा नै उक्त सुनचाँदी राख्नका लागि पहल गर्नेसमेत बताए ।
वि.सं. १४०९ मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उहाँको प्रभावलाई नष्ट पार्न र सिञ्जाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यसबेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीयवासी बताउँछन् ।
पछि गएर स्थानीयवासीले श्रीकोट भन्न थालेको उक्त स्थानमा परापूर्वकालका सुनचाँदीका धातुका गरगहना फेला परेको हुनसक्ने बताइएको छ । वि.सं. १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ ।
Comments
अरु समाचार
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
आज सुनको मूल्य बढ्यो
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा...
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...
-
राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको ५५ प्रतिशत काम सकियो
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत काम सकिएको छ ।...
-
नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो
काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५०...
-
चितवनमा बिक्री भएन पाँचसय मेट्रिक टन मह
काठमाडौं । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन...