ताजा समाचार

हेमन्त कान्छाको ‘बालापन’ सर्वाधिक चर्चामा (भिडियो)

काठमाडाैं । चर्चित सारंगी बाधक तथा गायक हेमन्त कान्छा रसाइलीले बालापन बोलको गीत सार्वजनिक गरेका छन् ।

बालापन र सानो उमेरमा गरिएका विभिन्न हर्कतसंगै भविष्यका योजना समेटेर सार्वजनिक भएको गीत अअिले अत्यधिक चर्चामा छ ।

पछिल्लो समयको चर्चित एप टिकटकमा अत्यन्तै हिट हुँदै गएको छ ।

प्रकाश भट्टको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा गायक हेमन्त, अरुषी भुसाल, अभिषेक रसाइली, खेम घर्ती, कृष्ण खड्का र राजेन्द्र महराको अभिनय रहेको छ । भने, गायक हेमन्त आफैले संगीत तथा शब्द कोरेका हुन् ।

हेर्नुहोस् भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org