शुक्रबार कुन राशिका लागि कति शुभ ?
वि.सं.२०७६ साल ज्येष्ठ ०३ गते । शुक्रबार । ईश्वी सन् २०१९ मे १७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि त्रयोदशी,०० घडी ५७ पला,बिहान ०५ बजेर ३९ मिनट उप्रान्त चतुर्दशी । नक्षत्र स्वाती,५५ घडी ०९ पला । योग व्यातिपात,३१ घडी ४० पला,बेलुकी ०५ बजेर ५६ मिनेट उप्रान्त वरियान । करण तैतिल,बिहान ०५ बजेर ३९ मिनेट उप्रान्त गर,बेलुकी ०४ बजेर ५० मिनेट उप्रान्त वणिज । आनन्दादिमा गद योग । चन्द्रराशि तुला । नृसिंह जयन्ती। स्याङ्जा, लसर्घास्थित आलम देवी पूजा।
काठमाडौंमा सूर्योदय ०५ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४६ मिनेट । दिनमान ३३ घडी ४४ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिनाकारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुनेछ । सवारि साधन तथा अन्य वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेमम एकअर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । व्यावसायिक यात्रा भएपनि गन्तब्य पहिल्याउँन हम्मे हम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । ऋण लाग्ने तथा सापटि मागेर दैनिकि गुजार गर्नुपर्ने अवस्था आउन सक्छ । अध्ययन अध्यापनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला । विवादित बिषयमा सहभागि नहुनु होला समय मध्ययम रहेकोछ । मामा तथा आफन्त सँग मनमुटाव सिर्जना हुनेछ । नोकरि तथा बिद्यामा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु बलिया हुने सक्छन ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बौद्धिकताको लडाईमा तपार्ईँकै नाम उच्चस्थानमा आउँने हुनाले मन प्रशन्न हुनेछ । शिक्षा तथा शेयर बजारमा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुने हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुनेछ भने उपाहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले ईच्छित कामनाहरु पूरा हुनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपार्ईँलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुनसक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानी गर्नको लागि केहि समय पर्ख हेरको रणनिति अपनाउनु नै हितकर हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगति भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले थप लगानी गर्ने वाताबरण बनेर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पति जोड्न सकिनेछ । विलासी तथा भौतिक सम्पतिको प्रयोग गर्न पाइने हुनाले अरुको मन आफूतिर लोभ्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच बिश्वासको बाताबरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पदप्राप्तिको गतिलो योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गर्दा पनि आम्दानी थोरै हुनेछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशी सस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेकोछ । सामान्य आँखा सम्बन्धि समस्याले सताउन सक्छ ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा लगानी बढाई प्रशस्त आम्दानीगर्न सकिनेछ भने आम्दानीकास्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाइ लेखाइमा राम्रो प्रगति गरि नाम कमाउन सकिनेछ भने शिक्षा क्षेत्रको लगानी बाट भनेजस्तो आम्दानीहुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन मार्फन नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) जनताको काम तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला काम बिग्रने हुँदा मान सम्मानमा दागलाग्न सक्छ । कार्यक्षेत्रमा आफ्नै सहयोगिले फसाउन सक्छन्, ध्यान दिनुहोला । तपार्ईँको राम्रा बिचारलाई अरुले गलत तरिकाले ब्याख्या गरि साख गिराउन खोज्नेछन् । बिद्या तथा प्रतिष्पर्धामा अरुनै हावि हुनाले चाहेको सफलता प्राप्त गर्न कठिन हुनेछ । राज्यसँग नजिक रहेर गरिने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला । व्यापार व्यावसायमा समय लगानी गरेअनुशार प्रतिफल प्राप्त गर्न केहि समय कुर्नु पर्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रा सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा भनेजस्तो आम्दानीनहुने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचनाहरु बहिरिने हुदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुने हुनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












