ताजा समाचार

हावाहुरीको वितण्डाः देउचुलीमा उडायो २ सय घरको छाना

नवलपरासी । नवलपरासीको  देवचुली नगरपालिकामा मंगलबार राति आएको हावाहुरीले २ सय घरको छाना उडाएको छ ।

मंगलबार राति ८ बजेबाट सुरु भएको हावाहुरीसहितको असिनाले त्यहाँका २ सय घरको छानो उडाएको प्रारम्भिक अनुमान छ ।

देवचुली नगरपालिकाको ६ , ७ , ८ , ९ ११, १२ र १४ नम्बर वडामा रहेका घरको टिन र खरको छानो उडाएको हो ।

हावाहुरीले यति धेरै घरमा एकै पटक क्षति पुर्‍याएको यो पहिलो पटक हो । हुरी पीडितको अवस्था बुझ्न देवचुली नगरपालिका मेयर सहितका जनप्रतिनिधि प्रभावित क्षेत्रमा खटिएका छन् ।

२ मिनेट मात्र आएको हावाहुरीले व्यापक क्षति पुगेको छ । २ दर्जन भन्दा बढी घरहरु बस्नै नमिल्ने भएको छ । सितावास र मुण्डे क्षेत्र बढी प्रभावित छ ।

सितावास क्षेत्रमा बाटाभरी बिजुलीको पोल ढलेर बाटो अवरुद्ध रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष खीमानन्द भुसालले जानकारी दिए ।

प्रभावित क्षेत्रमा प्रहरी, रेडक्रसकर्मी र स्थानीय उद्दारमा खटेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org