ताजा समाचार

बेलायती प्रधानमन्त्री मेद्वारा पदबाट राजीनामा दिने घोषणा

काठमाडौं  । बेलायती प्रधानमन्त्री थेरसा मेले कन्जरभेटिभ पार्टीको प्रमुख पदबाट राजीनामा दिने भएकी छिन्।

उनले आउँदो जुन महिनाको ९ तारेखमा कन्जरभेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिने बताएकी छन् । पार्टी नेताबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खुल्नेछ ।

बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा आफूले देशबासीको समर्थन जुटाउन निकै कोशिस गरे पनि असफल भएको उनले बताएकी छन् । अब नयाँ प्रधानमन्त्रीले उक्त प्रयास जारी राख्ने प्रधानमन्त्री मेले बताएकी छन् ।

थेरेसा मे ले आफूले पद छाड्ने विषयमा कन्जरभेटिभ पार्टीका नेताहरुको समर्थन रहेको पनि बताएकी छन् । एक भावुक सम्बोधनमा उनले प्रधानमन्त्री भएर काम गर्नु आफ्नो जीवनको सबैभन्दा खुशीको क्षण रहेको बताएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org