विप्लवको बन्दको प्रभावः सुर्खेतमा यात्रुबाहक बसमाथी आगजनी, देशैभरी कुन ठाँउमा के भयो ?
काठमाडाैँ ।नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले पूर्वी सुर्खेतमा एउटा यात्रु बस जलाएका छन् ।
गुर्भाकोट नगरपालिका-१४ को गुमीबाट छिन्चु गइरहेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लवका कार्यकर्ताले गोचेखोलामामा पुगेपछि आगो लगाएका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले बिहान साढे १ बजेको समयमा चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल हालेर आगजनी गरेका थिए ।
मकवानपुरमा दुई गाडी जलाइयो
मकवानपुरको थाहा नगरपालिकामा सोमबार बिहानै गाडी जलाइएको छ। बन्दका दिन बिहानै ४ बजे थाहा नगरपालिका(१ कुन्छाल नजिकै ना ६ ख ८००७ नम्बरको आइचर गाडी जलाइएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यस्तै मकवानपुरकै हेटौंडामा मिनी ट्रक जलाइएको छ। त्रिभुवन राजपथअन्तर्गत हेटौंडाको चौकीटोलस्थित प्रहरी चौकीनजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको हो। मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आगोले गाडी पूरै जलेको छ।
मोरङको बुढीगंगा गाउँपालिका–१ को कोशी राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ। त्यस्तै मोरङकै सुन्दरहरैचा नगरपालिका– ७ पूर्वपश्चिम राजमार्गमा पनि कुकर बम भएको आशंका गरिएको छ।
इटहरी धरान सडक खण्डको बीचमा चारकोसे झाडीमा पनि शंकास्पद वस्तु फेला परेको छ।
मोरङ र सुनसरीका ३ स्थानमा शंकास्पद वस्तु फेला
बुढिगंगा गाउँपालिकामा बिहान करिब ६ बजे तिर उक्त शंकास्पद वस्तु फेला परेको हो। प्रेसर कुकर जस्तो वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई खबर गरिए लगत्तै पुगेको प्रहरी टोलीले बम भएको हुनसक्ने आशंकामा आर्मीको विशेषज्ञ टोलीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।
त्यस्तै मोरङको सुन्दरहरैंचा–७ ढडियास्थित पुर्व–पश्चिम राजमार्गको किनारामा कुकर बमको आशंका गरिएको छ। राजमार्ग छेउमा रहेको बिजुलीको पोल नजिकै उक्त वस्तु फेला परेको हो। सो स्थानमा सुरक्षाकर्मीले घेरा हालेका छन्।
रातो तारले कुकरलाई बेरेर राखिएको अवस्थामा बम फेला परेको हो।
बारामा ट्रक जलाइयो
बारामा भारतीय ट्रक जलाइएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका(३, बजनीमा रोकिराखेको भारतीय लरीमा अज्ञात समूहले आगो लगाएको हो। एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरी नेपाल(भारत पेट्रोलियम पाइपलाइनका लागि पाइप बोकोर आएको थियो। आगजनीमा संलग्नको खोजी र घटनाबारे अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।
हेटौंडाको बुद्धचोकमा कुकर बम
सोमबार बिहान हेटौंडाको बुद्धचोकनजिक प्रेसर कुकर बम भेटिएको छ। बम राखेको खबर पाएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएर बम निस्क्रिय बनाएको छ।
तनहुँका दुई ठाउँमा शंकास्पद वस्तु
तनहुँका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छन्। सदरमुकाम दमौलीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ।
मोरङको सुन्दरहरैँचामा बम
यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका(७ ठहियाचोक नजिकै प्रेसर कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। रौतहटको
राैतहटमा शंकास्पद वस्तु
पूर्व(पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहापुर चोकमा शंकास्पद् वस्तु फेला परेको छ। उक्त बस्तु बम भएको प्रहरीको अनुमान छ। सूचनापछि नेपाली सेनाको डिस्पोजल त्यहाँ पुगेको प्रहरीले जनाएको छ
भक्तपुरमा शंकास्पद बस्तु
नेपाल बन्दको दिन बिहानै भक्तपुरको च्यामासिंहमा शंकास्पद बस्तु फेला परेको छ । च्यामासिंहस्थित मालपोत कार्यालय नजिकै सोमबार बिहान पौने ३ बजेतिर प्रहरीको मोबाइल टोलीले शंकास्पद बस्तु फेला पारेको हो । सेतो रंगको झोलामा पोको पारिएको अवस्थामा रहेको शंकास्पद बस्तु निष्क्रिय पारिएको छ । विप्लवको बन्द असफल पार्न सुरक्षाकर्मीले जनशक्ति थपरे ुहाइ अलर्टुमा रहेको उपत्यकाका सुरक्षा निकाय प्रमुखले बताएका छन्।
धादिङमा बम निष्क्रिय
पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंसी पुल बम फेला परेको छ । सोमवार बिहानै फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले चार घण्टापछि निष्क्रिय बनाएको छ। आइतबार राति साढे १ बजेतिर फेला परेको शंकास्पद नेपाली सेनाको टोलीले सोमबार बिहान साढे ५ बजेतिर निष्क्रिय पारेको हो । विष्फोटक पदार्थ गजुरीबाट नेपाली सेनाको टोली निष्क्रिय बनाएको हो।
इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार विष्फोटक पदार्थ सकेट बम रहेको खुलेको छ । अर्कातिर धादिङकै नौबिसेमा पनि शंकास्पद बस्तु भेटिएको छ
Comments
अरु समाचार
-
एसईईको ग्रेडवृद्धिमा ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईईको...
-
आईसीसी विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको...
-
लेबनानमा इजरायलकोे आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९२
जेरुसलेम । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट...
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
आजको राशिफलः २०८१ असोज ८ गते मंगलवार
मेषः अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...