विप्लवको बम विस्फोट र बन्दले वार्ताको वातावरण बनाउन सक्छ : प्रचण्ड
विराटनगर । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड) ले वार्तामा आउने भनेपछि प्रतिवन्ध ठूलो समस्या नभएको भन्दै वार्ताको पहल भइरहेको संकेत पनि गरे
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग सोमबार कुरा गर्दै उनले एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्न नहुने पनि उल्लेख गरे।
‘राजनीति रुपले राजनीतिक स्थिरता आएकै छ’ उनले भने, ‘एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्नु हुँदैन।’
‘बम आतंक फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन।’
सरकारले प्रतिवन्ध लगाएको नेक्रवित्रम चन्द समूहको गतिविधि अब धेरै अघि नजाने संकेत प्रचण्डले गरे। ‘मलाई लाग्छ यो अन्तिम अन्तिम हुनुपर्छ। उहाँहरु अन्तत वार्तामा आउनुको विकल्प छैन’ उनले भने, ‘शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प छैन।’
अहिलोको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना, भावना, राष्ट्रको आवश्यकता बम पड्काउने नभएको उल्लेख गर्दै दाहालले यतिबेला सबै मिलेर विकास निर्माण र समृद्धितिर समाजवादको नयाँ ढंगले तयारी गर्नतिर लाग्नुपर्नेमा जोड दिए।
‘बन्द इत्यादि जुन उहाँहरुले गरिरहनु भएको छ, सायद प्रकारान्तरले यो वार्ताको वातावरण बनाउनकै लागि गरिरहेको हो भन्ने मलाई लागिरहेको छ’ प्रचण्डले भने।
वार्तामा आउने भनेपछि प्रतिवन्ध ठूलो समस्या नभएको भन्दै दाहालले वार्ताको पहल भइरहेको संकेत पनि गरे।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












