ताजा समाचार

प्रचण्डले भनेः छोराछोरी बाटो विराएर घर छाडेर जाँदा चिन्ता थियो,घर फर्कंदा खुसी लागेको छ

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा प्रवेश गरेका छन्। उनलाई ने क पाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका हुन्।

तत्कालिन नेकपा माओवादीका पोलिटब्युरो सदस्य राई माओवादी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीमा गएका थिए। पछि विप्लवले मोहन वैद्य नेतृत्व फुटाएपछि उनी विप्लवसँगै लागेका थिए।

पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका राईलाई गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बम प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

विप्लवले बनाएको जनसरकारको उपप्रमुखसमेत रहेका राईलाई अदालतको आदेशपछि रिहा गरिएको थियो।

उनले गणतन्त्र दिवसको दिन आयोजित संविधानसभा पदक वितरण समारोहमा सहभागी भइ पदकसमेत लिएका थिए।

पार्टी प्रवेश गर्दै राईले विप्लव नेतृत्वको पार्टीले गरेका पछिल्ला गतिविधि मन नछुने खालका भएको भन्दै पार्टी परित्याग गरेको बताए।

‘म कुनै डर त्रास र धम्कीले सुरक्षित हुन यहाँ आएको होइन। म केही अपेक्षासहित यहाँ आएको छु,’ उनले भने, ‘एकीकृत जनक्रान्ति भन्दै म पनि लागेको थिएँ। तर पछिल्ला केही गतिविधिहरु मन छुने खालका भएनन्। हामीसँग अहिले १७ हजार योद्धाहरु छैनन्। अब फेरि जनतालाई दु:ख दिएर उपलब्धी संस्थागत हुन सक्दैनन् त्यसैले यहाँ आएँ।’

उनले सरकारले गठन गरेको सोमप्रसाद पाण्डेको नेतृत्वको वार्ता टोलीसँग आफूले पटक पटक सम्पर्क र वार्ताको पहल गरेको भन्दै त्यही सुत्रबाट ने क पाका नेताहरुसँग भेट गरेको थियो।

पछिल्लो पटक राई सीधै प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सम्पर्कमा रहेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org