विप्लवद्वारा सोलुखुम्बुमा प्रहरी चाैकी कब्जा प्रयास
नेत्र विक्रम चन्द ‘ विप्लव’ नेतृत्वको नेकपाको कार्यकर्ताले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ छेस्कामस्थित प्रहरी चौकी कब्जा प्रयास गरेको छ।
आइतबार राति करिब ३० जनाको समूहमा विप्लव कार्यकर्ताबारे सूचना पाएका प्रहरीले चौकी छाडेर अन्यत्र गएपछि कुनै घटना हुन नपाएको सुरक्षा स्रोतले जनाएको छ।
मध्यराति १२ बजेको समयमा विप्लवका कार्यकर्ता चौकीमा पुगेका थिए। विप्लवका कार्यकर्ता चौकीतर्फ आउँदै गरेको सूचना पाएपछि ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएर बसेको खुलेको छ। प्रहरी नभेटेपछि उनीहरू बिहान ३ बजेसम्म चौकी आसापासकै क्षेत्रमा बसेका थिए। तर, सोलुखुम्बुस्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षाअधिकारी ,महाकुलुङ गाँउपालीका अध्यक्षलगाएतका अधिकारीले यसको स्वतन्त्र पुष्टि गर्न अस्वीकार गरेका छन्।
विप्लवले चौकी कब्जा प्रयास गरेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठक बसिरहेको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले बैठक चलिरहेकाले पछि मात्रै सूचना दिने बताएका छन्।
प्रदेश र जिल्लाबाट नेपाली सेना र प्रहरीको टोली त्यस क्षेत्रमा हेलिकोप्टरबाट पुगिसकेका छन्। विस्तृत जानकारी अझै आउन बाँकी छ। यसअघि पनि त्यस क्षेत्रमा विप्लवका कार्यकर्ता हतियारसहित आउने गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
Comments
अरु समाचार
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली र महासचिवमा पोख्रेल विजयी !
काठमाडाैं । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् । भने शंकर पाेखरेल दाेस्राे पटक महासिचव...












