ताजा समाचार

सर्वाधिक राशीको पाँचाैँ चितवन च्याम्पियनशिप कप जेठ २४ बाट

काठमाडाैँ ।चितवन भरतपुरमा ‘पाँचाैँ च्याम्पियनसिप फुटबल प्रतियोगिता’ २४ जेठदेखि ७ असारसम्म हुने भएको छ ।

सोमबार एभरेस्ट क्लब चितवनले पत्रकार सम्मेलन गरी प्रतियोगितामा १६ टोलीले भाग लिने जानकारी दिएको छ । क्लबका अध्यक्ष अशोक देवकोटाले  खेल प्रवर्द्धन र स्थानीय प्रतिभा प्रस्फुटनका निम्ति हरेक वर्ष च्याम्पियनसिप आयोजना गर्दै आएको बताए ।

प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । यसैगरी, तेस्रो हुनेले ५० हजार रुपैयाँ हात पार्ने क्लबका सल्लाहकार सन्तोष पनेरूले  बताए ।

प्रतियोगितामा उत्कृष्ट डिफेन्स, मिडफिल्डर, गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही  १० हजार रुपैयाँ पाउने पनेरूले जानकारी दिए । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ ।

भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा हनामी इन्टरनेसनल एजुकेसन रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org