नेकपा सचिवालय बैठकः कार्यविभाजन मापदण्डमै सहमति जुटेन
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको मंगलबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन भोलीसम्म सक्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन भोलीसम्म सक्नेबारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
स्रोतकाअनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल बनाउने पक्षमा छन् । प्रदेश कमिटी र जिल्ला कमिटीका अध्यक्ष र सचिव बनाउँदा यो मान्यता खण्डित भइसकेको तर्क गरेका छन् ।
तर माधवकुमार नेपासहितकका नेताहरुले दोहोरो जिम्मेवारी दिन नहुने बताएका छन् । प्रदेश इञ्चार्जहरु तोक्ने क्रममा निर्णय भइसकेकाले स्वीकार गरेको भन्दै उनीहरुले अहिले जिम्मेवारी तोक्न नै बाँकी रहको तर्क अघि सारेका छन् ।
छलफलमा अध्यक्ष मध्येका एक पुष्पकमल दाहाल प्रचण्ड भने बीचबीचमा देखिएका छन् ।
सचिवालय बैठक भोलि फेरि बस्नेछ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले छलफललाई भोलि पूर्णता दिएर जिल्ला इञ्चाज तथा सहइञ्चार्ज तोकिने जनकारी दिए ।
Comments
अरु समाचार
-
सचिन परियारको निधनप्रति प्रधानमन्त्री द्वारा दुःख वक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत् श्रद्धाञ्जली व्यक्त...
-
राज्य व्यवस्था समितिबाट भ्रष्टाचार निवारणसम्बन्धी विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ...
-
शेरा दरबारको जग्गाको दोषीलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले शेरा दरबारको जग्गाको दोषीलाई कारबाही हुने बताएका छन्। बिहीबार बसेको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री...
-
पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन
काठमाडौं । पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको बिहीबार निधन भएको छ । २ फागुन १९८९ मा जन्मेकी शाहको...
-
प्रधानमन्त्री ओली र श्रीलङ्काका पूर्व राष्ट्रपतिबीच आज भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा...
-
केन्द्रीय कमिटीका कार्यसूची टुङ्ग्याउन एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक आज अपराह्न १ः०० बजे केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा...
-
प्रेस चौतारीको दशौं महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा
काठमाडौं । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । बुधबार...
-
मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान,...
-
एमालेबाट निस्कासित भिम रावलले गरेको पत्रकार सम्मेलन (पूर्णपाठ सहित)
काठमाडौं । एमालेबाट निष्कासित भएपछि बुधबार पत्रकार सम्मेलन आयोजना गरी भीम रावलले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन् । उनले...