ताजा समाचार

बाैद्धको अत्तरखेलमा गोली चल्यो, छिरिङ पक्राउ !

काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले चोरी मुद्धाका फरार अभियुक्तलाई पक्राउ गर्न गोली प्रहार गरेको छ ।

बोैद्धको अत्तरखेलमा चोरी मुद्धाका फरार छिरिङ तामाङलाई प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख सहकुल थापाका अनुसार तामाङलाई समात्न खुट्टामा गोली प्रहार गरिएको हो । हतियार देखाएर लुटपाट गर्ने समूहका ४ जना पक्राउ परेका हुन् । प्रहरीले  उनीहरुलाई नियन्त्रणमा लिन खोजेपछि प्रहरीमाथि नै जाइलाग्न खोजेपोछि प्रहरीले रक्षात्मक स्थितिमा गोली चलाएको थापाले जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org