सरुवा भएको ठाउँमा नजाने प्रमुख प्रशासकीय अधिकृत निलम्बित
काठमाडाैँ । रौतहट सदरमुकाम गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बनमा परेका छन्।
कार्की पटक–पटक सरुवा हुँदा पनि तोकिएको स्थानमा जान नमाने पछी संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले निलम्बन गरेको हो।
जेठ १ गते शैल्य शिखर नगरपालिका दार्चुला सरुवा भएका कार्कीले त्यसको अवज्ञा गर्दै गौर नगरपालिकामै कामकाज जारी राखेपछि मन्त्रालयले उनलाई निलम्बन गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्कीको सरुवा गर्दै सरोजकुमार लाल दासलाई जेठ १७ गते गौर नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत तोकेर जेठ १७ गते पठाएको थियो । तर, कार्कीले मन्त्रालयको निर्णय विपरीत आफूखुशी पवन महतोलाई निमितको जिम्मेवारी तोकेका थिए ।
मन्त्रालयले पछिल्लो पटक खटाएको कार्यालयमा तीन दिनभित्र हाजिर हुन लिखित तथा मौखिक निर्देशन दिंदा समेत कार्कीले अटेरी गरेपछि निजामति सेवा ऐन, २०४९ को दफा ६४ (१) बमोजिम दुई महिनाका लागि कार्कीलाई निलम्बन गरिएको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिएका छन् ।
सरुवा भएको कर्मचारी गैरकानूनी रुपमा नगरपालिकामा कामकाज गर्न आएको भन्दै गौरका स्थानीय युवाहरूले शुक्रबार नगरपालिका अगाडि प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको थियो । पाँच पटकसम्म सरुवा हुँदा पनि तोकिएको स्थानमा नगएर गौर नगरपालिमामै बसे पछि बेथितिको विरोधमा प्रदर्शन गरेको युवा विक्रान्त विक्रम नेपालले बताएका छन् ।

Comments
अरु समाचार
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली र महासचिवमा पोख्रेल विजयी !
काठमाडाैं । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् । भने शंकर पाेखरेल दाेस्राे पटक महासिचव...












