ताजा समाचार

ओम हस्पिटलको लापरबाहीको पराकाष्ट, पत्थरीको अप्रेसनका क्रममा आन्द्रा काटिएर बिरामीको मृत्यु

काठमाडाैँ । राजधानीको चावहिलस्थित ओम अस्पतालमा पत्थरीको अप्रेसनका क्रममा आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि तनाव भएको छ।

अस्पतालको लापरबाहिका कारण विरामिको मृत्यु भएको भन्दै मृतकका आफन्तले नाराबाजी गरिरहेका छन्। पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको हो । पित्त थैलीको अप्रेसन गर्न बिहीबार अस्पताल गएका उनीहरू शुक्रबार भर्ना भएर अप्रेसन भएको थियो।

अप्रेसन गर्दा सानो आन्द्रामा प्वाल पारेर सिलाइदिएको हुनाले मलद्वारबाट निस्कनुपर्ने फोहोर शरीरभित्रै फैलिएर संक्रमण भई बिरामीको मृत्यु भएको उनको आरोप छ।

उपचारमा संलग्न डा. रविन कोइराला भन्छन । मृतकको पहिले २ पटक पाटेघरको अप्रेसन भैसकेको कारण यो अप्रेसन एकदमै जोखिम अप्रेसन रहेको र यस्तो जोखिम अप्रेसन गर्दा संभावना हुने गर्दछ । त्यस कारण यस्तो यस्तो घटना घट्न पुग्यो । यसमा हामि दुख व्यक्त गर्दछाै ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org