भीमसेन दासको चेतावनीः काठमाडौंको जनता जुरुक्क उठ्यो भने के हुन्छ हेक्का राख्नुस्
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले काठमाडौँका जनता उठेपछि कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन्।
बिहीबारको संसद बैठकमा बोल्दै प्रधानले काठमाडौंका जनता सडकमा उत्रिए सरकारले थेग्न नसक्ने चेतावनी समेत दिए। ‘सरकारले हेक्का राखोस्, काठमाडौंका जनता उठेपछि कुनै शक्तिले रोक्न सक्दैन्। यसबारे हाम्रा प्रधानमन्त्री ओलीजी पनि जानकार हुनुहुन्छ’, उनले भने।
गुठी विधेयक तत्काल फिर्ता भएर संशोधन नगरिए काठमाडौंमा आन्दोलन चर्किने र यसले सरकार मात्रै होइन वर्तमान व्यवस्थालाई कहाँ पुर्याउँछ भनेर भन्न नसकिने उनको चेतावनी छ। ‘अहिले केपी ओली सरकार ढल्ने चिन्ता होइन। काठमाडौंको जनता जुरुक्क उठ्यो भने सबै पार्टी मिलेर ल्याएको संविधानप्रति नै जनताले अनास्था गर्ला भन्ने चिन्ता हो।’
राजतन्त्र फाल्ने एजेण्डा आफूहरुको नभएको तर काठमाडौंको जनता जुरुक्क उठ्दा एक क्षणमै फालिएको स्मरण गर्दै प्रधानले भने, ‘पृथ्वीनारायण शाहले पनि यहाँको संस्कृति र सम्पदामाथि सम्मान गरेकाले उनी यहाँ शासन कायम गराउन सफल भए। तर, वर्तमान सरकारले विश्व सम्पदा सूची, राष्ट्रसंघमा सूचीकृति संस्कृति र सम्पदा मास्नेगरी विधेयक ल्याएको छ। काठमाडौंमा आन्दोलनको हुरी चल्दैछ, बादल गर्जिदैछ। आन्दोलनले संविधान विफल नहोस्। यो विधेयक तुरुन्तै फिर्ता होस्। सरोकारवाला, संस्कृतिविद, पुरातत्वविदसँग छलफल गरेर संशोधन गरियोस। भएन भने आन्दोलन चर्किन्छ, कहाँ पुर्याउँछ भन्न सकिन्न्।’
प्रधानले राणा शासन, पञ्चायत र २०६२/०६३ काे जनआन्दाेलनमा पनि काठमाडाैंकै जनताले निर्णायक भूमिका खेलेकाे पनि स्मरण गराए।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












