ताजा समाचार

महोत्तरीमा विप्लवका युवाले गरे भेला सम्पन्न !

महोत्तरी । सरकारको प्रतिबन्धमा रहेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठनको महोत्तरी जिल्ला भेला सम्पन्न भएको छ ।

भेलाले स‌ंगठनलाई मजबुद र सशक्त बनाउने तयारी गरेको छ । जिल्ला इन्चार्ज रुपेश कार्की र विशेष अतिथि जिल्ला सेक्रेटरी भीम आले बुद्धिमान रहेको कार्यक्रममा जिल्लामा अघि बढाउने नयाँ रणनीतिका विषयमा पनि छलफल भएको थियो ।

भेलाले विकल्पको संयोजकमा १५ सदस्यीय युवा संगठन गठन गरेको छ ।

संगठनमा ३ जना वैकल्पिक सदस्य रहनेछन् । संयोजकमा विकल्प र सदस्यहरु क्रमश: रतन, सुमन, करण, रामनाथ, प्रभु, लालबाबु, श्याम, सुकेश, किरण, दिनेश, सुमन मगर, पुरण, प्रदिप र चन्दु रहेका छन् ।

वैकल्पिकमा कमेश्वर, शत्रुधन र तोकराज चयन भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org