ताजा समाचार

प्युठानको झिमरुकको वडा नम्बर ८ द्वारा खेलकुद सामाग्री वितरण

प्युठान । जिल्लाको झिमरुक गाउपालिका वडा नम्बर ८ कार्यालयले बालबालिका लागि खेलकुद सामाग्री वितरण गरेको छ ।

वडा नम्बर ८ का अध्यक्ष तुलस बस्नेत र अखिल क्रान्तिकारी निवर्तमान उपमहासचिव मिलन एमसीले संयुक्त रुपमा खेलकुद सामाग्री वितरण गरेका हुन् ।

युवालाई खेलकुदमा सहभागी गराउने उद्देश्यले खेलकुद सामाग्री वितरण गरिएको बस्नेतले जनाए ।

जिल्ला दौडाहामा निस्केका उपमहासचिव एमसीले खेलकुद सामाग्री वितरणले युवा वर्गलाई खेलकुदमा लाग्न प्रेरित गर्ने विश्वास लिएको बताए ।

जिल्लाको विकास र राजनीतिक चेतनामा खेलकुदको अहम भुमिका हुने विश्वास व्यक्त गर्दै नेता एमसीले जिल्ला दौडाहा उपलब्धिपूर्ण रहेको वताए ।

हिजो बिहिवार दिहाल्ना खेलकुद तथा पर्यटन महोत्सव २०७६अन्तर्गत खुल्ला भलिबल प्रतियोगिताको समापन गरेको भोलिपल्ट खेलकुदको बिकासको लागि भन्दै वडाका बालबालिकाको लागी भलिबल, नेट, क्रीकेट, बल र ब्याट बितरण गरेको हो।

यस्तै, क्रीकेट ब्याट २० थान, क्रीकेट बल ६० थान, भलिबल १८ थान र भलिबल नेट १५ थान वितरण गरेको वडाध्यक्ष बस्नेतले जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org